८ आश्विन २०८३, बिहिबार । September 25, 2026

डाक्टर मौमिता बलात्कार प्रकरणः सर्वोच्च अदालतले के भन्यो ?


६ भदौ २०८१, बिहिबार  

18
Shares

एजेन्सी । कोलकाताको आरजी कार मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको घटनामा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ ।

सुनुवाइका क्रममा अदालतले मेडिकल पेशेवरहरू विशेष गरी महिलाहरूको सुरक्षा सुनिश्चित गर्ने बृहत्तर मुद्दा हेर्न राष्ट्रिय कार्यदल गठन गरेको छ । राष्ट्रिय कार्यदलले सबै पक्षको कुरा सुन्ने आश्वासन अदालतले चिकित्सक संघलाई दिएको छ । डाक्टरहरूले काम गरेनन् भने सार्वजनिक स्वास्थ्य सेवाले कसरी काम गर्छ भनेर अदालतले प्रश्न गरेको समाचार एजेन्सी पीटीआईले भनेको छ ।

कोलकता प्रकरणविरुद्ध भारतभर विरोध प्रदर्शन चलिरहेको छ । यसैबिच सर्वोच्च अदालतले कार्यदललाई तीन हप्ताभित्र अन्तरिम प्रतिवेदन पेस गर्न भनेको छ । दुई महिनाभित्र अन्तिम प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिइएको छ । अदालतले आन्दोलनरत चिकित्सकलाई पहिले काममा फर्किन भनेको छ । एम्स नागपुरका डाक्टरहरूलाई काममा फर्किएपछि कुनै कारबाही नहुने आश्वासन समेत दिइएको छ ।

आन्दोलनका कारण परीक्षामा सहभागी हुन नपाएको एम्स नागपुरका डाक्टरहरूले बताएका थिए । सरकारी अस्पतालमा आउने सबै बिरामीप्रति अदालतले सहानुभूति जनाएको छ । अदालतले सीबीआईको प्रतिवेदन पनि हेरिरहेको छ । बलात्कार र हत्याको घटनालाई अप्राकृतिक मृत्यु भनेर एफआईआर दर्ता हुनुअघि नै शवको पोस्टमार्टम गरिनु अत्यन्तै डरलाग्दो कुरा बताइएको छ ।

अदालतले पहिलो मुद्दा दर्ता गर्ने कोलकाता प्रहरीका अधिकारीलाई अर्को सुनुवाइमा उपस्थित हुन आदेश दिएको छ । पीडितको साथीलाई शङ्काका आधारमा सोधपुछ गरिएको र यसको भिडियो पनि बनाइएको सीबीआईले अदालतमा बताएको छ ।

पीडितको अन्तिम संस्कार सकिएपछि राति ११ः४५ बजे मात्रै एफआईआर दर्ता हुनु सबैभन्दा छक्क पार्ने कुरा भएको सलिसिटर जनरल तुषार मेहताले भनेका छन् ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ४ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको