१३ पुस २०८२, आइतबार । December 28, 2025

डाक्टर मौमिता बलात्कार प्रकरणः सर्वोच्च अदालतले के भन्यो ?



एजेन्सी । कोलकाताको आरजी कार मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको घटनामा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ ।

सुनुवाइका क्रममा अदालतले मेडिकल पेशेवरहरू विशेष गरी महिलाहरूको सुरक्षा सुनिश्चित गर्ने बृहत्तर मुद्दा हेर्न राष्ट्रिय कार्यदल गठन गरेको छ । राष्ट्रिय कार्यदलले सबै पक्षको कुरा सुन्ने आश्वासन अदालतले चिकित्सक संघलाई दिएको छ । डाक्टरहरूले काम गरेनन् भने सार्वजनिक स्वास्थ्य सेवाले कसरी काम गर्छ भनेर अदालतले प्रश्न गरेको समाचार एजेन्सी पीटीआईले भनेको छ ।

कोलकता प्रकरणविरुद्ध भारतभर विरोध प्रदर्शन चलिरहेको छ । यसैबिच सर्वोच्च अदालतले कार्यदललाई तीन हप्ताभित्र अन्तरिम प्रतिवेदन पेस गर्न भनेको छ । दुई महिनाभित्र अन्तिम प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिइएको छ । अदालतले आन्दोलनरत चिकित्सकलाई पहिले काममा फर्किन भनेको छ । एम्स नागपुरका डाक्टरहरूलाई काममा फर्किएपछि कुनै कारबाही नहुने आश्वासन समेत दिइएको छ ।

आन्दोलनका कारण परीक्षामा सहभागी हुन नपाएको एम्स नागपुरका डाक्टरहरूले बताएका थिए । सरकारी अस्पतालमा आउने सबै बिरामीप्रति अदालतले सहानुभूति जनाएको छ । अदालतले सीबीआईको प्रतिवेदन पनि हेरिरहेको छ । बलात्कार र हत्याको घटनालाई अप्राकृतिक मृत्यु भनेर एफआईआर दर्ता हुनुअघि नै शवको पोस्टमार्टम गरिनु अत्यन्तै डरलाग्दो कुरा बताइएको छ ।

अदालतले पहिलो मुद्दा दर्ता गर्ने कोलकाता प्रहरीका अधिकारीलाई अर्को सुनुवाइमा उपस्थित हुन आदेश दिएको छ । पीडितको साथीलाई शङ्काका आधारमा सोधपुछ गरिएको र यसको भिडियो पनि बनाइएको सीबीआईले अदालतमा बताएको छ ।

पीडितको अन्तिम संस्कार सकिएपछि राति ११ः४५ बजे मात्रै एफआईआर दर्ता हुनु सबैभन्दा छक्क पार्ने कुरा भएको सलिसिटर जनरल तुषार मेहताले भनेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ४ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई