९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

आन्ध्र प्रदेशस्थित रिएक्टर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो


६ भदौ २०८१, बिहिबार  

162
Shares

एजेन्सी । आन्ध्र प्रदेशको अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधि कम्पनीमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ ।

यसअघि बुधबार दिइएको जानकारीमा कम्तीमा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको बताएका छन् । अनाकपल्लीका जिल्ला प्रशासक विजय कृष्णनले मृत्यु सङ्ख्या १७ पुगेको पुष्टि गरेका छन् । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले घटनाको उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै व्यक्तिको हताहत भएको उक्त दुर्घटनाले आफूलाई मर्माहत बनाएको बताए ।

प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अनाकपल्लीको एक कारखानामा भएको दुर्घटनामा परी भएको धेरै व्यक्तिको हताहतले दुःखी बनाएको छ ।

आफ्ना प्रियजनहरूलाई गुमाएकाहरूप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना ” विज्ञप्तिमा आगाडि भनिएको छ, “प्रत्येक मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख भारतीय रूपैयाँ राशिको राहत प्रदान गरिनेछ । घाइतेलाई ५० हजार रूपैयाँ दिइने छ ।”

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  १ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको