१३ पुस २०८२, आइतबार । December 28, 2025

गाजा आक्रमणका क्रममा १ सय ७० पत्रकारको मृत्यु



एजेन्सी । गत अक्टोबर–७ मा गाजा पट्टीमा इजरायली आक्रमण सुरु भएदेखि शहीद भएका पत्रकारहरूको सङ्ख्या १ सय ७० पुगेको छ ।

गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजा शहरको मुस्तफा हफेज विद्यालयलाई निशाना बनाई गरिएको आक्रमणमा पत्रकार हम्जा अब्दुल रहमान मुर्तजाको शहादतपछि मृत्यु भएका पत्रकारहरूको सङ्ख्या १ सय ७० पुगेको उल्लेख छ । विज्ञप्तिमा विश्वव्यापी पत्रकारिताको क्षेत्रमा अन्तर्राष्ट्रिय इजरायली कब्जालाई रोकी अपराधका लागि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन र पत्रकारको हत्या र अपराध रोक्न दबाब दिन आह्वान गरिएको छ ।

इजरायली कब्जामा रहेको विमानले मङ्लबार गाजामा सयौँ विस्थापितलाई आश्रय दिँदै एक विद्यालयमा बम प्रहार गरेको थियो । जसमा अधिकांश महिला तथा बालबालिकासहित १२ जना प्यालेस्टिनीहरू मारिएका थिए भने दर्जनौं घाइते भएका थिए । गाजा आक्रमणको १० महिनाभन्दा बढी समयदेखि जारी छ ।

युद्धका कारण परिणामस्वरूप दशौँ हजार शहीद, घाइते र बेपत्ता छन्, आक्रमणले पूर्वाधार र महत्त्वपूर्ण सुविधाहरूको विनाश गरेको छ ।

निरन्तरको आक्रमणले गाजामा खाना, पानी, औषधि र ईन्धनलगायतको आपूर्ति अवरुद्ध भएको कारण गाजापट्टीमा अकल्पनीय मानवीय सङ्कट निम्त्याएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई