९ मंसिर २०८१, आइतबार । November 24, 2024

पाकिस्तानमा मनसुनी वर्षाका कारण २ सय १५ जनाको मृत्यु



एजेन्सी । पाकिस्तानमा मनसुन सिजनमा हालसम्म वर्षाका कारण भएका दुर्घटना र बाढीबाट २ सय १५ जनाको मृत्यु भएको छ।

जसमा पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ। पछिल्लो २४ घण्टामा जम्मा ४३ जना घाइते भएका छन् भने जुलाईदेखि सुरु भएको मनसुनमा घाइतेको संख्या ४ सय ५ पुगेको एनडिएमएले जनाएको छ। सिजनभर मृतकहरूमा १ सय ८ बालबालिका र ३२ महिलाहरू समावेश छन्।

पूर्वी पञ्जाव प्रान्त ८६ जनाको मृत्युको साथ सबैभन्दा बढी प्रभावित क्षेत्र थियो। त्यसपछि उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणी सिन्ध प्रान्तमा क्रमशः ६५ र ३७ जनाको मृत्यु भएको थियो। दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा १८ जना, पाकिस्तान नियन्त्रित कश्मीरमा पाँच र उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा चार जनाको मृत्यु भएको थपिएको छ। एनडिएमएले उल्लेखित अवधिमा ४ सय ४८ गाईवस्तुको मृत्यु भएको र २ हजार ५ सय ७५ घर र ३१ पुलमा क्षति पुगेको बताएको छ।

आगामी ४८ घण्टामा देशका काबुल, सिन्धु र झेलम नदीको माथिल्लो भागमा हल्का वर्षाको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ। सरकारले स्वास्थ्य सेवा तथा राहतका लागि ८६ शिविर स्थापना गरी ४ हजार १ सय २ जनाले उपचार वा राहत पाएको जनाएको छ।

मनसुन सिजन दक्षिण एसियाली देशमा सेप्टेम्बरसम्म चल्छ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यो अर्थहीन को प्रदर्शन हो !!!

सामान्यतया सत्ता बाहिर बसेका प्रतिपक्ष दलहरुले सरकारको गलत क्रियाकलापको विरुद्धमा

आइतबार तोलामा १ हजार ७ सयले बढ्यो सुनको भाउ

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ १ हजार ७

रवि लामिछानेलाई पाँचौ पटक म्याद थपका लागि अदालत उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हेमन्त धामीको कप्तानीमा

बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको