१३ पुस २०८२, आइतबार । December 28, 2025

विश्वकै सबैभन्दा बढी उमेरकी महिलाको निधन



एजेन्सी । विश्वकै बढी उमेरकी महिलाको मंगलबार निधन भएको छ ।

अमेरिकामा जन्मिएकी मारिया ब्रानयास मोरेराको १ सय १७ वर्षको उमेरमा निधन भएको हो । सीएनएनकाअनुसार गिनिज वर्ल्ड रेकर्ड्स (जीडब्लूआर)ले विज्ञप्ति जारी गर्दै मोरेराको १ सय १७ वर्ष १ सय ६८ दिनको उमेरमा निधन भएको जनाएको हो । जीडब्लूआरका अनुसार उनि विश्वमा सबैभन्दा लामो समय बाँच्नै आठौं व्यक्ति हुन् ।

२०२३ को जनवरीमा विश्वकै सबैभन्दा बढी उमेरकी १ सय १८ वर्षीया सिस्टर आन्द्रेको निधनपछि मोरेरा विश्वकै सबैभन्दा बढी उमेरकी घोषित भएकी थिइन् । मोरेराको जन्म उनको परिवार स्पेनबाट अमेरिका बसाईं सरेको एक वर्षपछि १९०७ मार्च ४ मा भएको थियो । त्यसको ८ वर्षपछि उनको परिवार स्पेनको बार्सिलोना फर्केको थियो ।

पछिल्लो समय भने उनि स्पेनको क्याटालोनियामा बस्दै आएकी थिइन् । उनि कोभिड १९ को संक्रमणबाट निको हुने सबैभन्दा बढी उमेरकी मानिससमेत रहेकी थिइन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ९ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई