१३ पुस २०८२, आइतबार । December 28, 2025

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा बन्यो सर्वाधिक रनको नयाँ कीर्तिमान



एजेन्सी । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सर्वाधिक रन बनाउने नयाँ विश्व कीर्तिमान कायम भएको छ ।

यो कीर्तिमान टी–२० विश्वकप छनोटमा सामोआ र भानुआटुबीचको खेलमा बनेको हो । सामोआका ब्याट्सम्यान ड्यारियस भिसरले मंगलबार टी–२० विश्वकप छनोट खेलमा भानुआटुका बलर नलिन निपिकोको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । यो ओभरमा ३ नो बल पनि परेको थियो ।

योसँगै टी–२० अन्तर्राष्ट्रिय खेलको एक ओभरमा सर्वाधिक रन बनाएर ३९ रनको नयाँ कीर्तिमान कायम भएको छ । यसअघिको कीर्तिमान ३६ रनको थियो । भारतका युवराज सिंह, वेस्ट इन्डिजका केरोन पोलार्ड र निकोलस पूरन र नेपालका दीपेन्द्र एरीले एक ओभरमा ६ छक्का प्रहार गर्दै ३६ रन बनाउने उपलब्धि हासिल गरेका थिए ।

ब्याट्सम्यानका रुपमा ड्यारियस भिसरले एक ओभरमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान बराबरी गरेका छन् तर ३ नो बलका कारण उनले टी–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएका छन् ।

सामोआको राजधानी अपियामा भएको खेलमा सामोआले १० रनले विजयी भएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई