१ चैत्र २०८१, शनिबार । March 15, 2025

वैदेशिक अध्ययनका नाममा बाहिरियो १ खर्ब २५ अर्ब



काठमाडौं । अध्ययनका लागि विदेशिएका नेपाली विद्यार्थीहरुले स्वदेशबाट १ खर्ब २५ अर्ब रुपैयाँ सटही गरेर लगेका छन्।

विदेश पढ्न जाँदा उनीहरुले सवा एक खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेका हुन्। अघिल्लो वर्ष अध्ययनका लागि विदेशिने विद्यार्थीले एक खर्ब बराबरको विदेशी मुद्रा साथमा लगेका थिए। नेपालीहरु अध्ययनका नाममा विदेशिने क्रम बढिरहेको छ। नेपालीहरु अध्ययनका लागि अमेरिका, अष्ट्रेलिया, बेलायत, जापानलगायतमा मुलुक पुगेका छन्।

शिक्षातर्फको भ्रमण व्यय बढ्दा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१ दशमलव १ प्रतिशतले बढेर १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड थियो। आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा थियो।

अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोडले घाटामा थियो।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ३ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म