काठमाडौं । आइतबार सुनको भाउले अर्को नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि साउन २९ गते पनि सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार भने छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ कायम रहेको थियो । आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर १८ सय १० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ६० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया