५ कार्तिक २०८३, बिहिबार । October 23, 2026

विश्वकप लिग–२ः नेदरल्यान्ड्ससँग अमेरिका १९ रनले पराजित


३२ श्रावण २०८१, शुक्रबार  

456
Shares

एजेन्सी । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको छ ।

हेगमा बिहीवार राति भएको खेलमा घरेलु टोली नेदरल्यान्ड्सले अमेरिकालाई १९ रनले हराएको हो । नेदरल्यान्ड्सले दिएको २ सय ३८ रनको लक्ष्य अमेरिकाले भेट्टाउन सकेन । अमेरिका २ सय १८ रनमै अलआउट हुन पुग्यो । ४८ बलमा ३६ रन चाहिएको अवस्थामा अमेरिकाले पछिल्ला महत्वपूर्ण ५ विकेट गुमाउन पुगेको हो ।

अमेरिकाका लागि मिलिन्द कुमारले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । नेदरल्यान्ड्सका भिभान किग्माले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ७ विकेट गुमाउँदै २ सय ३७ रन बनाएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ८ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि