२१ मंसिर २०८२, शनिबार । December 6, 2025

ग्रीसको जंगलमा आगलागी, राजधानी एथेन्सतर्फ तीव्र रुपमा बढ्दै



एजेन्सी । एथेन्सको उत्तरपूर्वी उपनगरहरूमा सोमबार ठूलो जङ्गलमा लागेको आगोलाई निभाउन अग्निनियन्त्रकहरूले संघर्ष गरिरहेका छन् ।

आगलागीले हजारौँ बासिन्दालाई आफ्नो घर छोड्न बाध्य बनाएको छ । ग्रीसको जंगलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ ।​ ग्रीस सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गरेको छ । ग्रीस राजधानीमा यस्तो दृश्य कहिल्यै देखिएको थिएन । टेलिभिजन फुटेजले निया पेन्टेली र व्रिलिसियामा धेरै कार आगोले जलेको र घरका छानाहरू जलेको देखाएको छ ।

एउटा विद्यालय र घरहरूमा आगो लागेको छ र म टाउन हलतिर आगो आइरहेको देख्न सक्छुु, पेन्टेलीका मेयर नतासा कोस्मोपौलोले भने, स्थिति नाटकीय छ । ग्रीसले सोमबार औपचारिकरूपमा युरोपेली संघ (इयु) सँग सहायताका लागि आव्हान गरेको एक प्रवक्ताले बताए । इयुका प्रवक्ता बालाज उज्वारीले विज्ञप्तिमा भने, ग्रीस अधिकारीहरूको अनुरोधमा इयुका नागरिक सुरक्षा संयन्त्रलाई सक्रिय बनाइएको थियो ।

उनले इटाली, फ्रान्स, चेक गणतन्त्र र रोमानियाले मद्दतका लागि युनिटहरू पठाएको जानकारी दिए । फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले पेरिसले आफ्ना कठिन दबाबमा परेका ग्रीस सहकर्मीहरूलाई सहयोग गर्न एक सय ८० अग्निनियन्त्रक, ५५ ट्रक र एउटा हेलिकप्टर पठाएको बताए ।

एथेन्सबाट करिब ३५ किलोमिटर उत्तरपूर्वमा रहेको वार्नभास सहरमा आइतबार दिउँसो डढेलो सुरु भएको थियो । हावाको तीव्रतासँगे आगो ३० किलोमिटरसम्म फैलिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको