८ चैत्र २०८२, आइतबार । March 23, 2026

पेरिस ओलम्पिक–२०२४ः चिनियाँ पौडीबाज युफेईले जितिन् सबैभन्दा धेरै ६ वटा पदक


२८ श्रावण २०८१, सोमबार  

285
Shares

काठमाडौं । आइतबार राति सम्पन्न पेरिस ओलम्पिक–२०२४ मा चीनकी पौडीबाज झाङ युफेईले सबैभन्दा धेरै ६ वटा पदक जितेकी छिन् ।

पेरिस ओलम्पिकको वेबसाइटअनुसार चीनकी युफेईले पौडीमा एक रजत र पाँच कास्य गरी ६ वटा पदक जितेकी हुन् । यस्तै फ्रान्सका पौडी खेलाडी लियोन मर्चन्डले चार स्वर्ण र एक कास्य गरी पाँच वटा पदक जित्दै दोस्रो स्थानमा छन् । यसैगरी तेस्रो स्थानमा रहेकी अमेरिकाकी पौडी खेलाडी टोरी हस्कले तीन स्वर्ण र दुई रजत गरी पाँच वटा पदक जितेकी छिन् । देशतर्फ भने सबैभन्दा धेरै पदक जित्नेमा अमेरिका रहेको छ ।

अमेरिकाले ४०, स्वर्ण, ४४ रजत र ४२ कास्य गरी एक सय २६ वटा पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कास्य गरी ९१ वटा पदक जितेको छ । यसैगरी तेस्रो स्थानमा रहेको जापानले २० स्वर्ण, १२ रजत र १३ कास्य गरी ४५ वटा पदक जितेको छ ।

गएको जुलाई २६ मा औपचारिक रूपमा शुरू भएको ३३ औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिकको समापन समारोह भव्यताका साथ स्टेड डे फ्रान्समा गएराति भएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो