१३ पुस २०८२, आइतबार । December 28, 2025

पेरिस ओलम्पिक–२०२४ः चिनियाँ पौडीबाज युफेईले जितिन् सबैभन्दा धेरै ६ वटा पदक



काठमाडौं । आइतबार राति सम्पन्न पेरिस ओलम्पिक–२०२४ मा चीनकी पौडीबाज झाङ युफेईले सबैभन्दा धेरै ६ वटा पदक जितेकी छिन् ।

पेरिस ओलम्पिकको वेबसाइटअनुसार चीनकी युफेईले पौडीमा एक रजत र पाँच कास्य गरी ६ वटा पदक जितेकी हुन् । यस्तै फ्रान्सका पौडी खेलाडी लियोन मर्चन्डले चार स्वर्ण र एक कास्य गरी पाँच वटा पदक जित्दै दोस्रो स्थानमा छन् । यसैगरी तेस्रो स्थानमा रहेकी अमेरिकाकी पौडी खेलाडी टोरी हस्कले तीन स्वर्ण र दुई रजत गरी पाँच वटा पदक जितेकी छिन् । देशतर्फ भने सबैभन्दा धेरै पदक जित्नेमा अमेरिका रहेको छ ।

अमेरिकाले ४०, स्वर्ण, ४४ रजत र ४२ कास्य गरी एक सय २६ वटा पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कास्य गरी ९१ वटा पदक जितेको छ । यसैगरी तेस्रो स्थानमा रहेको जापानले २० स्वर्ण, १२ रजत र १३ कास्य गरी ४५ वटा पदक जितेको छ ।

गएको जुलाई २६ मा औपचारिक रूपमा शुरू भएको ३३ औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिकको समापन समारोह भव्यताका साथ स्टेड डे फ्रान्समा गएराति भएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist