८ चैत्र २०८२, आइतबार । March 23, 2026

सकियो पेरिस ओलम्पिक, यस्तो छ अन्तिम पदक तालिक


२८ श्रावण २०८१, सोमबार  

2k
Shares

एजेन्सी । पेरिस ओलम्पिक २०२४ सकिएको छ । गएको जुलाई २६ मा औपचारिक रूपमा शुरु भएको ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन् ।

तर अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रह्यो । कुल १ सय २६ पदक हात पारेको अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित एक सय १३ पदक जितेको थियो । यसअघि ४० स्वर्ण पदकसहित शीर्षस्थानमा रहेको चीन भने दोस्रोमा झरेको हो । उसले ४० स्वर्णसहित २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ ।

प्रतियोगिताको अन्तिम दिन हिजो १३ स्वर्णको लागि प्रतिस्पर्धा भएको थियो । अन्तिम दिन दुई पदक जितेर जापान तेस्रो भएको छ । उसले २० स्वर्णसँगै १२ रजत र १३ कांस्य गरेर ४५ पदक जितेको हो । अस्ट्रेलिया १८ स्वर्ण, १९ रजत र १६ कांस्य गरी ५३ पदक जितेर चौथो भएको छ । आयोजक फ्रान्स पाँचौँ स्थानमा पुगेको छ ।

कुल ६३ पदक जितेको फ्रान्सले १६ स्वर्ण जितेको छ । पेरिस ओलम्पिक २०२४ मा सहभागी २ सय ६ मध्ये ६२ देशले स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् । समग्रमा कुल १ सय १४ देश पदकविहीन भएर घर फर्किए। ओलम्पिक २८ अगस्ट देखी ८ सेप्टेम्बर सम्म पेरिसमा भएको थियो। पेरिस ओलम्पिकमा नेपालबाट सहभागी सात खेलाडीमध्ये पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय रेकर्ड बनाउनुबाहेक उनीसहित अरू खेलाडी पहिलो चरणबाट नै बाहिरिएका थिए ।

टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका हुन् । महिला म्याराथनमा सन्तोषी श्रेष्ठले ७९ औँ स्थानमा रहँदै दौड पूरा गरेकी छिन् ।

३३ औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिकको समापन समारोह स्टेड डे फ्रान्समा गएराति भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो