२१ मंसिर २०८२, शनिबार । December 6, 2025

सकियो पेरिस ओलम्पिक, यस्तो छ अन्तिम पदक तालिक



एजेन्सी । पेरिस ओलम्पिक २०२४ सकिएको छ । गएको जुलाई २६ मा औपचारिक रूपमा शुरु भएको ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन् ।

तर अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रह्यो । कुल १ सय २६ पदक हात पारेको अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित एक सय १३ पदक जितेको थियो । यसअघि ४० स्वर्ण पदकसहित शीर्षस्थानमा रहेको चीन भने दोस्रोमा झरेको हो । उसले ४० स्वर्णसहित २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ ।

प्रतियोगिताको अन्तिम दिन हिजो १३ स्वर्णको लागि प्रतिस्पर्धा भएको थियो । अन्तिम दिन दुई पदक जितेर जापान तेस्रो भएको छ । उसले २० स्वर्णसँगै १२ रजत र १३ कांस्य गरेर ४५ पदक जितेको हो । अस्ट्रेलिया १८ स्वर्ण, १९ रजत र १६ कांस्य गरी ५३ पदक जितेर चौथो भएको छ । आयोजक फ्रान्स पाँचौँ स्थानमा पुगेको छ ।

कुल ६३ पदक जितेको फ्रान्सले १६ स्वर्ण जितेको छ । पेरिस ओलम्पिक २०२४ मा सहभागी २ सय ६ मध्ये ६२ देशले स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् । समग्रमा कुल १ सय १४ देश पदकविहीन भएर घर फर्किए। ओलम्पिक २८ अगस्ट देखी ८ सेप्टेम्बर सम्म पेरिसमा भएको थियो। पेरिस ओलम्पिकमा नेपालबाट सहभागी सात खेलाडीमध्ये पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय रेकर्ड बनाउनुबाहेक उनीसहित अरू खेलाडी पहिलो चरणबाट नै बाहिरिएका थिए ।

टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका हुन् । महिला म्याराथनमा सन्तोषी श्रेष्ठले ७९ औँ स्थानमा रहँदै दौड पूरा गरेकी छिन् ।

३३ औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिकको समापन समारोह स्टेड डे फ्रान्समा गएराति भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको