२३ माघ २०८२, बिहिबार । February 5, 2026

ओलम्पिक फाइनल खेल्न नपाएपछि भारतीय कुस्तीबाज फोगटले गरिन् सन्यास घोषणा



एजेन्सी । भारतीय पहलमान विनेश फोगटले सन्न्यास घोषणा गरेकी छन् ।

ओलम्पिकको फाइनलमा अयोग्य ठहरिएपछि उनले कुस्तीबाट सन्यास लिने घोषणा गरेकी हुन् । सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै उनले कुस्तीलाई अलबिदा गरेकी हुन् । ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी फोगटले फाइनलसम्मको यात्रा तय गरेकी थिइन् । तर ओेभरवेट रहेको पाइएपछि उनलाई फाइनल खेल्न अयोग्य ठहर गरिएको थियो ।

त्यससँगै उनले कुनै पनि पदक नपाउने भएकी छन् । फोगटले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कुस्तीले जितेको र आफूले हारेको बताएकी छन् । उनले लेखेकी छन्, ‘माफ गर्नुस् आमा, तपाईँको सपना मेरो हिम्मत सबै टुट्यो ।अब योभन्दा बढी तागत मसित छैन । अलबिदा कुस्ती ।’ २९ वर्षीय फोगटले सन् २००१ बाटै कुस्ती खेल्न थालेकी हुन् ।

उनी ओलम्पिकको फाइनलमा पुग्ने पहिलो भारतीय महिला कुस्तीबाज बनेकी थिइन् । कम्तीमा रजत पद पाउने पक्का भएको थियो । तर अब उनी त्यसबाट पनि वञ्चित बनेकी छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल