१२ पुस २०८२, शनिबार । December 28, 2025

काभा महिला भलिबलः इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा



काठमाडौं । इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल घरेलु मैदानमा जारी काभा वुमन्स भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

लिग चरणमा इरानसँग पराजित भएको नेपाल सेमिफाइनलमा शानदार पुनरागमन प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । सोमबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ सेटले पराजित भएको थियो । त्यसको दुई दिनपछि भएको खेलमा भने नेपालले इरानलाई ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो ।

इरान र नेपालको यो तेस्रो भेट हो । यसअघि भएका दुवै खेलमा नेपाल पराजित भएको थियो । सन् २०१७ मा भएको एफआईभिबी वुमन्स भलिबल क्वालिफिकेसनमा इरानसँग नेपाल सोझो सेटमा पराजित भएको थियो । मंगलबार भएको खेलमा नेपालले इरानमाथि ऐतिहासिक जित निकालेको हो ।

आइतबार भएको खेलमा नेपालको डिफेन्स लाइन केही कमजोर देखिएको थियो । तर, मंगलबार भएको खेलमा डिफेन्सलाई सुधार गर्दै नेपालले इरानमा पुनरागमन जित दर्ता गर्यो । पहिलो सेटमा सहज जित निकालेको नेपालको दोस्रो सेट भने प्रतिस्पर्धात्मक भएको थियो ।

२४–२१ को सेट पोइन्टलाई उल्टाउँदै नेपालले दोस्रो सेटमा २८–२६ को जित निकालेको थियो । तेस्रो सेटमा पनि नेपालले सहज जित निकालेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist