२४ माघ २०८२, शुक्रबार । February 6, 2026

काभा महिला भलिबलः इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा



काठमाडौं । इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल घरेलु मैदानमा जारी काभा वुमन्स भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

लिग चरणमा इरानसँग पराजित भएको नेपाल सेमिफाइनलमा शानदार पुनरागमन प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । सोमबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ सेटले पराजित भएको थियो । त्यसको दुई दिनपछि भएको खेलमा भने नेपालले इरानलाई ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो ।

इरान र नेपालको यो तेस्रो भेट हो । यसअघि भएका दुवै खेलमा नेपाल पराजित भएको थियो । सन् २०१७ मा भएको एफआईभिबी वुमन्स भलिबल क्वालिफिकेसनमा इरानसँग नेपाल सोझो सेटमा पराजित भएको थियो । मंगलबार भएको खेलमा नेपालले इरानमाथि ऐतिहासिक जित निकालेको हो ।

आइतबार भएको खेलमा नेपालको डिफेन्स लाइन केही कमजोर देखिएको थियो । तर, मंगलबार भएको खेलमा डिफेन्सलाई सुधार गर्दै नेपालले इरानमा पुनरागमन जित दर्ता गर्यो । पहिलो सेटमा सहज जित निकालेको नेपालको दोस्रो सेट भने प्रतिस्पर्धात्मक भएको थियो ।

२४–२१ को सेट पोइन्टलाई उल्टाउँदै नेपालले दोस्रो सेटमा २८–२६ को जित निकालेको थियो । तेस्रो सेटमा पनि नेपालले सहज जित निकालेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल