२२ मंसिर २०८२, आइतबार । December 7, 2025

काभा महिला भलिबल नेसन्स लिगः नेपाल आज सेमिफाइनलमा इरानसँग भिड्दै



काठमाडौं । जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदैछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुने पहिलो सेमिफाइनल खेल अपरान्ह ३ बजे भारत र श्रीलंकाबीच हुँदैछ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपरान्ह ५ः १५ बजेदेखि शुरु हुनेछ । यसअघि समूह चरणको खेलमा भारत १० अंकसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै इरान ७ अंकसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलंका ४ अंकसहित चौंथो हुँदै सेमिफाइनल खेल्दैछ । त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो । लिगमा व्यहोरेको हारको बदला लिने लक्ष्यसहित नेपाल आज सेमिफाइनलमा इरानविरुद्ध चुनौती प्रस्तुत गर्दैछ ।

सोमबार माल्दिभ्समाथि सोझो सेटमा जित निकालेपछि नेपालले सेमिफाइनलमा इरानलाई प्रतिद्वन्द्वी पाएको हो । जितसँगै नेपालले लिगमा व्यहोरेको हारको बदला समेत लिने अवसर पाएको छ ।

लिगमा इरानसँग ३–२ ले पराजित हुँदा शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको