१२ पुस २०८२, शनिबार । December 28, 2025

पेरिस ओलम्पिक–२०२४ः २१ स्वर्णसहित चीन शिर्ष स्थानमा, अमेरिका दोस्रो



एजेन्सी । जारी पेरिस ओलम्पिक २०२४ अन्तर्गत १०औं दिन सकिँदा चीन पुनः शीर्ष स्थानमा उक्लिएको छ।

नवौं दिन दोस्रो स्थानमा झरेको चीन अमेरिकालाई पछि जार्दै शीर्ष स्थानमा उक्लिएको हो। एसियाली देश चीनले अहिलेसम्म २१ स्वर्ण १८ रजत र १४ कांस्यसहित कुल ५३ पदक जितेको छ। उसले दशौं दिन थप २ स्वर्ण जितेको छ। दोस्रो स्थानमा झरेको अमेरिकाले अहिले सम्म ७८ पदक जितेको छ।

अमेरिकाको नाममा २० स्वर्ण, ३० रजत र २८ कांस्य पदक छ।अस्ट्रेलिया एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएको छ। उसले अहिलेसम्म १३ स्वर्ण ११ रजत र ८ कांस्यसहित कुल ३२ पदक जितेको छ। एक स्थान तल झर्दै चौथो स्थानमा पुगेको आयोजक फ्रान्सले १२ स्वर्णसहित कुल ३२ पदक हात पारेको छ। दक्षिण कोरिया , जापान र इटाली क्रमसः छैटौं, सातौ र आठौं स्थानमा छन्।

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १० औं दिनको समाप्तिसम्म सहभागी २ सय ६ मध्ये ४५ देशले कम्तिमा १ स्वर्ण पदक जितेका छन् भने ७३ देशले पदकको खाता खोलेका छन्। ३३औं संस्करणको ग्रिस्मकालीन ओलम्पिक अन्तर्गत आज थप १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist