२१ मंसिर २०८२, शनिबार । December 6, 2025

सांसद सोविता गौतममाथि सार्वजनिक स्थलमै अभद्र व्यवहार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सोविता गौतमले आफूमाथि सार्वजनिक स्थलमै अभद्र व्यवहार भएको बारे सरकारलाई गम्भीर ध्यानाकर्षण गराएकी छिन् ।

आइतबार करिब साँझ ५ बजे आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको कागेश्वरी मनोहरा नगरपालिका– ६ स्थित मनकामना टोलमा अभद्र व्यवहार भएको गौतमले सोमबार प्रतिनिधिसभामार्फत् जानकारी गराइन्। उक्त क्षेत्रमा पहिरो गएको ठाउँ अवलोकन गरेर फर्कने क्रममा केही युवाहरुले अभद्र व्यवहार गरेको उल्लेख गर्दै उनले भनिन्, ‘म फर्केर आउँदा त्यहाँ १५–२० जना साथिहरु जम्मा भइसक्नुभएको थियो र ती साथीहरु सामान्य अवस्थामा हुनुहुन्थेन । उहाँहरु कोही गाँजाको नसामा लठ्ठ हुनुहुन्थ्यो, कोही रक्सीले मात्तिएको हुनुहुन्थ्यो र कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो ।

आफूलाई घेरेर उनीहरुले तथानाम मुख छाडेका भन्दै गौतमले दुव्यवहार गर्नेहरुमध्यकै कसैले उक्त घटनाको भिडियो सामाजिक संजालमा हालेको भेटिएको बताइन्। ‘भिडियो अपलोड गर्ने मान्छेको प्रोफाइल खोलेर हेर्दा, जो व्यक्ति मसँग अभद्र शैलीले त्यहाँ प्रस्तुत भएको थियो, तिनै व्यक्तिले भिडियो अपलोड गरेको थियो ।

त्यो व्यक्तिको प्रोफाइलमा लेखिएको थियो कुनै एउटा राष्ट्रिय दलको युवा संगठनको संवेदनशील पदमा रहेका साथि हुनुहुन्थ्यो, उनले भनिन्।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको