९ कार्तिक २०८३, सोमबार । October 26, 2026

बाङ्लादेशमा रहेको सबै नेपाली विद्यार्थी सुरक्षित छन्ः दूतावास


२१ श्रावण २०८१, सोमबार  

30
Shares

एजेन्सी । बाङ्लादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ।

नेपाली दूतावासले सोमबार प्रेस विज्ञप्ति जारी गरी आफू बसेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको छ। ‘बाङ्लादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ,’ दूतावासले भनेको छ। विद्यार्थीको आन्दोलनका कारण बाङ्लादेशमा सोमबार बिहानैदेखि देशभर कर्फ्यू लगाइएको छ।

राजधानी ढाका सहित देशका प्रमुख शहरमा ठूलो संख्यामा सैनिक परिचालन गरिएका छन्। आइतबार भएको झडपमा ९५ जनाको ज्यान गएको छ। बाङ्लादेशमा रहेका केही विद्यार्थी स्वदेश फर्किइसकेका छन्। अहिले त्यहाँ करीब ४०० विद्यार्थी रहेको दूतावासले जनाएको छ। ‘बाङ्लादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको र हाल बाँकी रहेका करीब ४०० विद्यार्थी सहित सम्पूर्ण नेपालीहरू सुरक्षित रहनुभएको र उहाँहरूसँग राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, दूतावासले स्वदेश फर्किन चाहने विद्यार्थीलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ। दूतावासमा सम्पर्क गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न दूतावासले सचेत गराएको छ। बाङ्लादेशको स्वतन्त्रता आन्दोलनमा सहभागीका परिवारलाई दिंदै आएको आरक्षण हटाउन माग गर्दै विद्यार्थीले आन्दोलन गरिरहेका छन्। पछिल्लो तीन सातादेखि चर्किएको आन्दोलनमा अहिलेसम्म ३०० भन्दा बढीको ज्यान गएको छ।

त्यस्तै, तीन हजार ५०० भन्दा बढी घाइते भएका छन्। आन्दोलनका क्रममा सुरक्षाकर्मीले ११ हजारभन्दा बढीलाई पक्राउ गरेको छ। पछिल्लो पटक आइतबारदेखि आन्दोलन फेरि चर्किएको हो। यस पटक भने आन्दोलनकारीले प्रधानमन्त्री शेख हसीनाको राजीनामाको माग गरेका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा