८ चैत्र २०८२, आइतबार । March 23, 2026

ग्लोबल टी–२० लिगः सन्दीप र दीपेन्द्र आवद्ध भ्यानकुभरको पहिलो जीत


२१ श्रावण २०८१, सोमबार  

0
Shares

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्यानकुभर नाइट्सले ग्लोबल टी–२० क्यानडामा पहिलो जीत दर्ता गरेको छ ।

आइतबार भएको खेलमा भ्यानकुभरले मोन्ट्रेयाल टाइगर्सलाई ५ विकेटले पराजित गरेको हो । टाइगर्सले दिएको १ सय १० रनको लक्ष्य भ्यानकुभरले आठ बल बाँकी छँदै पाँच विकेट गुमाएर भेट्टायो । भ्यानकुभरका रिजा हेन्ड्रिक्स ३९, कप्तान उस्मान ख्वाज ३१ र रिचि बेरिंगटन १७ रनमा आउट हुँदा ड्वेन प्रिटोरियस पाँच रनमा अविजित रहे ।

टाइगर्सका अजमातुल्लाह उमरजाई र ग्रेहार्ड इरास्मसले समान दुई विकेट लिए । कोर्बिन बोशको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको टाइगर्सले निर्धारित १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । भ्यानकुभरमा मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए ।

ड्वेन प्रिटोरियस, हर्ष ठाकर र सन्दीप लामिछानेले समान दुई विकेट लिए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो