१२ पुस २०८२, शनिबार । December 28, 2025

ग्लोबल टी–२० लिगः सन्दीप र दीपेन्द्र आवद्ध भ्यानकुभरको पहिलो जीत



एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्यानकुभर नाइट्सले ग्लोबल टी–२० क्यानडामा पहिलो जीत दर्ता गरेको छ ।

आइतबार भएको खेलमा भ्यानकुभरले मोन्ट्रेयाल टाइगर्सलाई ५ विकेटले पराजित गरेको हो । टाइगर्सले दिएको १ सय १० रनको लक्ष्य भ्यानकुभरले आठ बल बाँकी छँदै पाँच विकेट गुमाएर भेट्टायो । भ्यानकुभरका रिजा हेन्ड्रिक्स ३९, कप्तान उस्मान ख्वाज ३१ र रिचि बेरिंगटन १७ रनमा आउट हुँदा ड्वेन प्रिटोरियस पाँच रनमा अविजित रहे ।

टाइगर्सका अजमातुल्लाह उमरजाई र ग्रेहार्ड इरास्मसले समान दुई विकेट लिए । कोर्बिन बोशको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको टाइगर्सले निर्धारित १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । भ्यानकुभरमा मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए ।

ड्वेन प्रिटोरियस, हर्ष ठाकर र सन्दीप लामिछानेले समान दुई विकेट लिए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist