२५ बैशाख २०८२, बिहिबार । May 8, 2025

सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहको दाबी पेश



काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहले कांग्रेस र नेकपा एमालेका बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका हुन् । अस्ति शुक्रवार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज बेलुका ५ बजेसम्मका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका थिए ।

केन्द्रमा भएको नयाँ सत्ता समीकरण र सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउँदैछ । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत जुटाउन २७ जना सांसद आवश्यक पर्छ ।

कांग्रेसका १८ र एमालेका ११ जना सांसद हुँदा सहज बहुमत पुग्छ । नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या

इन्डोनेसियामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको सिलाकाप जिल्लामा बुधबार बिहान

ग्वेन्ग्याम्पको अन्तिम मुस्कान: सावित्राको ह्याट्रिकले दिलायो दुर्लभ जित

एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर

आईपीएलः चेन्नईको रोमाञ्चक जितले कोलकाताको प्लेअफ सपना संकटमा

एजेन्सी । गत सिजनको च्याम्पियन कोलकाता नाइट राइडर्सले जारी आइपीएलमा