२१ मंसिर २०८२, शनिबार । December 6, 2025

पेरिस ओलम्पिक–२०२४ः ४७ देशले जिते पदक, चीन शीर्ष स्थानमा



काठमाडौं । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन् ।

बुधबार सम्पन्न खेलपछि २७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४७ देशले पदक जितेका छन् । जसमा चीन ९ स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै फ्रान्स ८ स्वर्ण, १० रजत र ८ काश्य पदकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी जापान ८ स्वर्ण, ३ रजत र ४ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ७ स्वर्णसहित ६ रजत र ३ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ । त्यस्तै त्यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण, ६ रजत र ५ काश्य पदक जितेको छ भने दक्षिण कोरियाले पनि ६ स्वर्णसहित ३ रजत र ३ काश्य पदक जितेको छ । त्यस्तै अमेरिकाले ५ स्वर्ण १३ रजत र १२ काश्य पदक जितेको छ । त्यसैगरी इटालीले ३ स्वर्ण, ६ रजत र ४ काश्य पदक जितेको छ ।

त्यस्तै क्यानडा, हङकङ र जर्मनी २(२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी स्विडेन, नेदरल्याण्डस, जर्जिया, न्यूजील्याण्ड, बेल्जियम, काजकिस्तान, दक्षिण अफ्रिका, क्रोसिया, ग्वाटेमाला, आयरल्याण्ड, रोमानिया, अर्जेन्टिना, अजरबैजान, स्लोभेनिया, सर्बिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा हंगेरी, उत्तर कोरिया, ब्राजिल, पोल्याण्ड, कोसोभो, मेक्सिको, स्वीजरल्याण्ड, टर्की, फिजी, मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, अस्ट्रिया, इजिप्ट, स्पेन, ग्रीस, स्लोभाकिया, ताजकिस्तान र युक्रेन रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको