८ चैत्र २०८२, आइतबार । March 23, 2026

केरला पहिरो अपडेटः हालसम्म २ सय ५० जनाको मृत्यु


१७ श्रावण २०८१, बिहिबार  

339
Shares

एजेन्सी । भारतको केरलाको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ५० पुगेको छ ।

१ सय ३० जना मानिस अस्पतालमा उपचाररत छन्। पहिरोमा अझै २ सय ४० भन्दा बढी मानिस बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ। सोमबार राती २ र ४ बजे मुण्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुजा गाउँमा पहिरो खसेको हो । पहिरोले घर, पुल, सडक र सवारी साधनहरू बगेका छन् ।

सेना, वायुसेना, एनडीआरएफ, एसडीआरएफ, पुलिस र डग स्क्वाडको टोली उद्धारमा संलग्न छन्। राति अबेरसम्म १ हजारको उद्धार, ३ हजारलाई राहत शिविरमा पठाइएको छ । गृहमन्त्री अमित शाहले बुधबार संसदमा केरला सरकारलाई २३,२४ जुलाईमा नै सतर्क गराइएको र सरकारले समयमै जनतालाई हटाएको भए यति धेरै नोक्सान नहुने बताएका थिए।

मुण्डक्काई गाउँबाहिर रहेको इला रिसोर्ट र वाना रानी रिसोर्टमा अलपत्र परेका १९ पर्यटकको बुधबार सेनाले उद्धार गरेको हो । घटनापछि उनीहरू यहाँ अलपत्र परेका थिए । डिफेन्स पीआरओका अनुसार १ सय २२ इन्फन्ट्री बटालियन (टीए) मद्रासका सेनाले सबै नागरिकहरूलाई चुरलमालासम्म निकाल्न डोरीको सहायताले मानव पुल बनाएका थिए।

दुर्घटनापछि राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरिएको छ । जुलाइ ३० मा १२ जिल्लामा विद्यालय–कलेज बिदा दिइएको छ । केरला विश्वविद्यालयले जुलाई ३० र ३१ मा हुने भनिएको सबै परीक्षा स्थगित गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ७ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो