३ आश्विन २०८३, शनिबार । September 20, 2026

मौसम पूर्वानुमान

पाँच प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने


१७ श्रावण २०८१, बिहिबार  

906
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । आज रात देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

गए राति पनि विभागले एक सूचना निकालेर कोशी प्रदेशका धेरै स्थान तथा मधेस र बागमती प्रदेशका केही स्थानका साथै गण्डकी र सदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेकाले सचेत रहन आग्रह गरेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली