२१ मंसिर २०८२, शनिबार । December 7, 2025

आईसीसी टी–२० वरीयतामा नेपालकी सीता राना मगरको ५ स्थान सुधार



काठमाडौं । आईसीसी महिला टी–२० क्रिकेट विश्व वरीयताको ब्याटिङतर्फ नेपालकी सीता राना मगरले पाँच स्थान सुधार गरेकी छिन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको पछिल्लो वरीयतामा सीता राना पाँच स्थान सुधार गर्दै ७७ औँ स्थानमा आइपुगेकी हुन् । यो सूचीमा रुबिना क्षेत्री एक स्थान सुधार गर्दै ८५ औँ स्थानमा आइपुगेकी छिन् । महिला टी–२० वरीयताको ब्याटिङतर्फ अस्ट्रेलियाकी बेथ मुने शीर्ष स्थानमा यथावत् छिन् ।

यसैगरी महिला टी–२० वरीयताको अलराउन्डरतर्फ पनि सीता राना मगरले पाँच स्थान सुधार गरेकी छिन् । उनी पाँच स्थान सुधार गर्दै ५३ औँ स्थानमा आइपुगेकी छिन् । यस्तै नेपालकी कप्तान इन्दु बर्मा एक स्थान सुधार गर्दै ६६ औँ स्थानमा आइपुगेकी छिन् । साथै रुबिना क्षेत्री एक स्थान तल झर्दै ४९ औँ स्थानमा पुगेकी छिन् ।

यो वरीयतामा वेस्ट इन्डिजकी हेली म्याथ्युज शीर्ष स्थानमा यथावत् छिन् । महिला टी–२० वरीयताको बलिङतर्फ भने नेपालका कुनै पनि खेलाडी शीर्ष सयभित्र अटाएका छैनन् । यो सूचीको शीर्ष स्थानमा इङ्गल्यान्डकी सोफी एक्लेस्टोन शीर्ष स्थानमा यथावत् छिन् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको