२१ मंसिर २०८२, शनिबार । December 7, 2025

पेरिस ओलम्पिक–२०२४ः ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल बाहिरिए



एजेन्सी । जारी पेरिस ओलम्पिक–२०२४ मा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले लगातार तेस्रो खेलमा हार बेहोरेका छन् ।

बुधबार पुरुष एकलतर्फ समूह ‘पी’को आफ्नो अन्तिम खेलमा प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २–० को सोझो सेटमा पराजित भएका हुन् । पहिलो सेटमा १२–२१ ले पराजित भएका प्रिन्स दोस्रो सेटमा १०–२१ ले हार बेहोरेका थिए । यसअघि प्रिन्स पहिलो खेलमा डेनमार्कका भिक्टर एक्सल्सनसँग २–० को सोझो सेटमा र दोस्रो खेलमा आयरल्यान्डका हात गुएनसँग पनि २–० को सोझो सेटमा पराजित भएका थिए ।

प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा आफ्नो स्थान पक्का गरेका थिए। पेरिस ओलम्पिकमा सहभागी टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह प्रतियोगीताबाट बाहिरिसकेका छन् ।

अब नेपालबाट एथलेट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धामात्र बाँकी छ । सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । म्याराथन दौड अगस्त ११ मा हुने तालिका रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको