९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

केरेला पहिरो अपडेटः मृत्यु हुनेको संख्या १ सय २३ पुग्यो


१६ श्रावण २०८१, बुधबार  

333
Shares

एजेन्सी । भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ ।

यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको संख्या पनि ९० पुगेको जानकारी दिएका छन् । पहिरोमा ठूलो संख्यामा मानिसहरु फसेको आशंका छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ । मुख्यमन्त्री विजयनको कार्यालयले सेनालाई पहिरो स्थानमा पुग्न अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेको जनाएको छ ।

केही दिनयता केरलाका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ । यी स्थानहरूमा मुन्डक्काई, अट्टामाला र कुनहोम जस्ता क्षेत्रहरू पनि समावेश छन्। यी क्षेत्रमा २४ घण्टामा २०४ मिलिमिटर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केरलाका केही अन्य क्षेत्रमा वर्षाको सन्दर्भमा सुन्तला र पहेंलो अलर्ट जारी गरिएको छ।

केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ । वायनाड केरलाको पहाडी क्षेत्र हो र यहाँ ठूलो संख्यामा पर्यटकहरू आउने गर्छन्। कोझिकोड एयरपोर्टबाट वायनाडको दूरी लगभग ८६ किलोमिटर छ।

वायनाड कर्नाटकको कोडागु र मैसूर जिल्लाहरूको उत्तरमा र तमिलनाडुको नीलगिरी जिल्लाहरूको उत्तरपूर्वमा छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ९ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको