२७ बैशाख २०८२, शनिबार । May 10, 2025

जुम्लामा चट्याङ पर्दा एक सय भेडा मरे



जुम्ला । जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् ।

पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका नौ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेको उनले बताए । “कसका कति भेडा मरेका हुन् भन्ने एकिन विवरण आउन बाँकी छ ।

चट्याङमा परी तिला–७ का अन्दाजी ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएका छन्”, अध्यक्ष रोकायाले भने, “यसरी मरेका भेडाको बीमासमेत नगरिएकाले किसानलाई निकै ठूलो आर्थिक क्षति भएको छ । अब पालिकाको विपद् व्यवस्थापन समिति बैठकबाट राहतका लागि आवश्यक निर्णय गर्नेछौँ ।”

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप