१२ पुस २०८२, शनिबार । December 27, 2025

फ्रेन्च फुटबल क्लबको मालिक बन्दै केलियन एमबाप्पे



एजेन्सी । फ्रान्सका फुटबल सुपरस्टार केलियन एमबाप्पे क्लबका मालिक बन्ने तयारीमा रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले फ्रान्सको दोस्रो डिभिजन क्लब केनको बहुमत शेयर किन्ने तयारी गरेका हुन् । फ्रेन्च क्लब पीएसजी छोडेर स्पेनिश महारथी रियाल मड्रिड पुगेका २५ वर्षीय एम्बाप्पेले अमेरिकी लगानीकर्ता ओक्ट्रीबाट नर्मन्डी आउटफिटमा ८० प्रतिशत शेयर किन्न २० मिलियन युरो खर्च गर्ने बताइएको छ ।

एम्बाप्पे आफ्नो करियरको शुरुआतमा मोनाको क्लबमा हस्ताक्षर गर्नुअघि किशोरावस्थामा केनसँग लगभग आवद्ध भएका थिए । केन गत सिजन लिग २ मा छैटौँ स्थानमा रहेको थियो । यस क्लबका पूर्व खेलाडीमा एम्बाप्पेकै सहकर्मी एनगोलो कान्टे र पूर्वखेलाडी डिफेन्डर विलियम गालास जस्ता खेलाडी रहेका छन् ।

सन् १९१३ मा स्थापित केन क्लब दुई पटकको लिग २ च्याम्पियनसमेत बनेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist