२८ चैत्र २०८२, शनिबार । April 11, 2026

प्रदेश विश्वविद्यालय निर्माणका लागि स्रोतको सुनिश्चतता हुन्छः मन्त्री खड्गी


१४ श्रावण २०८१, सोमबार  

90
Shares

काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रदेश विश्वविद्यालय निर्माण तथा सञ्चालनका लागि जग्गा अवलोकन गरेकी छन् ।

हेटौंडा उपमहानगरपालिका १ नम्बर वडामा रहेको प्राथमिक विद्यालयको खाली ५ रोपनी जग्गाको मन्त्री खड्गीले अवलोकन गरेकी हुन् । हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयसंग प्राथमिक विद्यालय मर्ज भएसंगै उक्त जग्गा प्रयोगविहिन भएको थियो । विद्यालयको भवनमा विश्वविद्यालयको कार्यालय संगै अन्य कामहरु सञ्चालन गर्न सकिने अवस्था रहेको मन्त्री खड्गीले बताइन् ।

गुणस्तरीय शिक्षा साथै शिक्षा क्षेत्रमा रहेको असमानता अन्त्य गरि वैदेशिक शिक्षाका लागि विदेशीने परम्परा समाप्त पार्न पनि स्वदेशमै विश्व विद्यालयको स्थापना गर्दै गौरवको आयोजनाको रुपमा रहेको शिक्षण संस्था निर्माणका लागी आफू सकारात्मक रहेको बताइन् । विश्वविद्यालय निर्माण एवं सञ्चालनका लागी आवश्यक प्रकृया अगाडि बढाई सम्बंधित निकाय, मन्त्रालय एवं प्रदेश सभामा समेत कुरा राखि स्रोत सुनिश्चितताको लागि पहल गर्ने सामाजिक विकास मन्त्री खड्गीले प्रतिवद्धता जनाइन् ।

जग्गा अवलोकनको क्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाको अध्यक्ष सविन न्यौपानेले जग्गा प्राप्तिका लागि मन्त्रालयबाट सिफारिस भइसकेकोले सकेसम्म चाँडो कार्यपालिका बैठकबाट निर्णय गरिने बताए । १ नम्बर वडामा विश्वविद्यालय निर्माण हुँदा यहाँको स्थानीयहरुलाई समेत प्रत्यक्ष रुपमा लाभ पुग्ने अध्यक्ष न्यौपानेले बताए । विश्वविद्यालयको जग्गा अनुगमनका लागि सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरे, उच्च शिक्षा महाशाखा प्रमुख गोपाल प्रसाद कँडेललगायतके उपस्थिति रहेको थियो ।

बोर्ड अफ ट्रष्टिले समेत उक्त क्षेत्रको निरिक्षण गरी विश्वविद्यालय सञ्चालन र निर्माणको लागि उक्त क्षेत्र उचित रहेको निष्कर्ष निकालेको थियो । सामाजिक विकास मन्त्री भएपश्चात खड्गीको यो पहिलो अनुगमन हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर आफ्नो क्षमता देखाइसकेकी खड्गी बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेसंगै शिक्षा क्षेत्रमा नयाँ आयाम थप्नको लागि सक्रिय रुपमा अघि बढेकी छिन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व