काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँ कायम भएको पनि महासंघको भनाइ छ ।
यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया