१ आश्विन २०८३, बिहिबार । September 18, 2026

टी–२० सिरिजः श्रीलंकाविरुद्ध भारतको विजयी सुरुवात


१३ श्रावण २०८१, आइतबार  

552
Shares

एजेन्सी । गौतम गम्भीरको प्रशिक्षणमा रहेको भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी–२० सिरिजको पहिलो खेलमा जित निकालेको छ ।

पहिलो खेलमा श्रीलंकालाई ४३ रनले पराजित गर्दै टी–२० सिरिजमा भारतले १–० को अग्रता बनाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रनको उच्च स्कोर बनाएको थियो। उसका लागि कप्तान सूर्यकुमार यादवले ५८ रनको विष्फोटक इनिङ खेल्दा ऋषभ पन्तले पनि ४९ रन बनाए।

त्यस्तै यश्स्वि जैसवालले ४० रन बनाउँदा शुभमन गिलले ३४ रन बनाएका थिए। अक्षर पटेल १० रनमा नटआउट रहे। श्रीलंकाका मथिसा पथिरानाले ४ विकेट लिएका थिए। जवाफमा राम्रो सुरुवात गरेपनि श्रीलंकाको मध्य र पछिल्लो क्रम समालिन नसक्दा फराकिलो अन्तरले पराजित भयो।

ओपनर पथुम निसंका र कुशल मेन्डिसले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए। निसंका ७९ रनमा आउट हुँदा मेन्डिस ४५ रन बनाएर पेभिलियन फर्किए।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ