२१ मंसिर २०८२, शनिबार । December 7, 2025

पेरिस ओलम्पिकको उद्घाटन आज, १० हजार ७ सय १४ खेलाडीले भाग लिने



काठमाडौं । ग्रीष्मकालीन ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन आज हुँदैछ ।

स्थानीय समयअनुसार बेलुकी साढे ७ बजे अर्थात् नेपाली समयअनुसार राति ११ बजेपछि उद्घाटन समारोहमा हुँदैछ । पेरिस ओलम्पिकमा फुटबल, रग्बी लगायतका खेल शुरु भइसकेका छन् । औपचारिक उद्घाटन भने आज हुन लागेको हो । ओलम्पिकको इतिहासमै पहिलो पटक उद्घाटन समारोह रंगशालाबाहिर खुला स्थानमा गरिंदै छ ।

यस ओलम्पिकमा रिफ्युजी ओलम्पिक टिमसहित २०६ देशले भाग लिइरहेका छन् । ३२ खेलका ३२९ इभेन्टमा २०६ देशका १० हजार ७१४ खेलाडीले यस ओलम्पिकमा भाग लिइरहेका छन् । यस ओलम्पिकमा विजेतालाई दिइने गोल्ड मेडल ४५५ देखि ५२९ ग्रामको रहेको बताइएको छ । गोल्ड मेडलमा ९८ दशमलव ५ प्रतिशत चाँदी र १ दशमलव १३ प्रतिशत सुन मिलाएर बनाइएको छ । त्यस्तै यस ओलम्पिकमा विश्वभरबाट ४५ हजार स्वयंसेवकलाई भर्ना गरिएको छ ।

पेरिस ओलम्पिक ११ अगस्तमा सकिने छ । यो पटकको ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीले प्रतिनिधित्व गर्नेछन् । मार्चपासमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोक्नेछन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ११ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको