१३ फाल्गुन २०८१, मंगलबार । February 26, 2025

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्काः सभापति लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा उनले बजेट पास भएको दुई महिनाभित्र विगतका विभिन्न २५ वटा काण्डको फाइल अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्ने अघिल्लो सरकारको निर्णयलाई निरन्तरता दिन आग्रह गरे । उनले भने, “जहाँ जहाँ हामीले भ्रष्टाचारका विषय उठायौँ त्यहाँ त्यहाँ पुरस्कार दिएको देखियो ।

त्यसैले भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा हामीलाई आशङ्का छ ।”सभापति लामिछानेले सदनका दुई ठूला राजनीतिक दलबीचको समीकरणले लोकतन्त्रको मूल्य र मान्यता जोगाउन सक्नुपर्नेतर्फ सचेत गराए । उनले सदन आरोप प्रत्यारोप र हिलो छ्याप्ने थलो बनेको गुनासो समेत गरे ।

सभापति लामिछानेले उपसभामुख इन्दिरा राना मगरलाई बिनाप्रमाण मानव तस्करको आरोप लगाइएकामा आपत्ति जनाए । “उपसभामुख इन्दिरा राना मगरलाई एउटा विषय आउने बित्तिकै यो सम्मानित सदनमा मानव तस्करको आरोप लगाउने गरी हामी निर्मम भयौँ”, उनले भने, “विरोध गर्नूस, पाइन्छ । विषय उठेको छ तर प्रमाणित भएको छैन ।” निवर्तमान उपप्रधान एवं गृहमन्त्री लामिछानेले सदनलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने जानकारी दिँदै सरकारले भ्रष्टाचारको मुद्दामा निष्पक्ष छानबिन गर्नेमा आशङ्का व्यक्त गरे ।

उनले रास्वपा सक्षम प्रतिपक्ष बन्ने दाबीसमेत गरे ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताप्लेजुङको फुङलिङ क्षेत्रमा लागु गरिएको निषेधाज्ञा हट्ने

काठमाडौ । ताप्लेजुङको फुङलिङ क्षेत्रमा लागु गरेको निषेधाज्ञा हट्ने भएको

अबदेखि विद्युतिय सवारीमा मूल्यको ६० प्रतिशतसम्म मात्रै कर्जा पाइने

काठमाडौं । अबदेखि विद्युतिय सवारी साधनको मूल्यमा ६० प्रतिशत मात्रै

महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथको दर्शन गर्न पुगे प्रधानमन्त्री ओली

काठमाडौं । महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नका

टाटा कर्भ ईभीको टप भेरियन्ट नेपाली बजारमा सार्वजनीक, कति पर्छ मूल्य ?

काठमाडौं । भारतीय विद्धुतीय गाडी निर्माता टाटा ईभीको आधिकारिक विक्रेता

नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करण फागुन १६ देखि हुने

काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करणमा देशभरका