१ आश्विन २०८३, बिहिबार । September 18, 2026

आइतबार ६१ अंकले बढ्यो नेप्से परिसूचक


६ श्रावण २०८१, आइतबार  

21
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ६१ अङ्कले बढेको छ ।

आज नेप्से ६१ दशमलव ६१ अङ्कले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ को विन्दुमा कायम भएको हो। आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर एक लाख ७७ हजार ४६७ पटक खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० बराबरको कारोबार भएको छ ।

आज सबै भन्दा बढी व्यापार समूहको उपसूचकमा ६ दशमलव ८० प्रतिशतले बढेको छ । त्यस्तै बैङ्किङ समूहको ३ दशमलव ८६ प्रतिशतले बढेको छ । त्यस्ता आज युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैङ्क लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटेल लिमिटेडको ३४ करोड १० लाख ९६ हजार तीन सय सात बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैङ्क लिमिटेडको १४ लाख ९० हजार ५५० कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ