२९ चैत्र २०८२, आइतबार । April 12, 2026

यस्तो बन्यो केपी ओली नेतृत्वको मन्त्रीपरिषद्


३१ असार २०८१, सोमबार  

15
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै मन्त्रीपरिषद् समेत विस्तार गरेका छ ।

प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन् ।

प्रमुख सत्ता साझेदार कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी भएको हो ।

यस्तो छ ओली नेतृत्वको मन्त्रीपरिषद्
प्रकाशमान सिंह – उपप्रधान एवम् सहरी विकास मन्त्रालय

विष्णु पौडेल –उपप्रधान एवम् अर्थ मन्त्रालय

पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

रमेश लेखक – गृह मन्त्रालय

शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

आरजु राणा – परराष्ट्र मन्त्रालय

प्रदीप पौडेल – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

रामनाथ अधिकारी – कृषि तथा पशुपक्षी मन्त्रालय

प्रदीप यादव – खानेपानी मन्त्रालय

बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

दामोदर भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

तेजुलाल चौधरी – युवा तथा खेलकुद मन्त्रालय

अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

मानवीर राई – रक्षा मन्त्रालय

दीपक खड्का – ऊर्जा, सिचाइँ तथा जलस्रोत मन्त्रालय

राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

ऐनबहादुर शाही – वन तथा वातावरण मन्त्रालय

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व