१६ फाल्गुन २०८१, शुक्रबार । February 28, 2025

प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीले गरे दाबी पेस



काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै दुई पार्टीले दाबी पेस गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले दलका नेताका हैसियतमा बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष केहीबेर अघि दाबी पेस गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज ग्याल्पो ल्होसार, देशभर विभिन्न कार्याक्रम गरि मनाईँदै

रासस । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले

कति छ फागुन १६ गते शुक्रबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः सक्रिय बन्दै न्यून चापीय प्रणाली, कहाँ- कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली सक्रिय बन्दै

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प, कहाँ कति भयो क्षति ?

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको

फागुन १६ गते शुक्रबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १६ गते