२२ माघ २०८२, बुधबार । February 4, 2026

जाजरकोटको च्याउपानी पहिरोको उच्च जोखिममा, ११ परिवारलाई अन्यत्र सारियो



जाजरकोट । भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।

गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले सो स्थानलाई बस्न जोखिम बनाएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा सो गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो । कार्यालयका प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले भेरी–१ च्याउपानीका पहिराको उच्च जोखिममा रहेका ११ घरपरिवारलाई अन्यत्र सारिएको जानकारी दिए ।

ती मध्ये छ परिवारलाई भेरी–१ मेदेगाउँको खुला चौर र अन्यलाई आफन्तकहाँ तत्कालका लागि बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष दीपक रानाले बताए । त्यस्तै चार दिनदेखि अवरुद्ध भएको लुम्बिनी– रारा राजमार्गअन्तरर्गत जाजरकोटकोटको भेरी–२ का विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

उक्त सडक खुलाउन पहल नभएको स्थानीयवासी पुष्प ओलीले बताए ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ७ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल