३ आश्विन २०८३, शनिबार । September 20, 2026

सोमबार कुन–कुन जिल्लामा छ बाढीको खतरा !


२४ असार २०८१, सोमबार  

210
Shares

काठमाडौं । सोमबार महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास हुने भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बग्ने धेरैजसो स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही स–साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।

कञ्चनपुर जिल्लाको दोधारा वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा १ सय ३ मिलिमिटर वर्षा भएको र थप वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । यस्तै आजदेखि देशका धेरै ठाउँमा मौसम क्रमिक रूपमा सुधार हुने भएको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि देशैभरि ठूलो वर्षा भइरहेकोमा आजदेखि वर्षा हुने क्रममा केही कमी आउने सम्भावना रहेको छ । यद्यपि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ ।

मधेश, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली