१० पुस २०८२, बिहिबार । December 26, 2025

पहिराले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो



तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरा खसेर अवरुद्ध थर्पु–खैरेनीटार सडकखण्डमा यातायात सेवा पुनःसञ्चालनमा आएको छ ।

शुक्रबारदेखि परेको वर्षाका कारण मौरीओडारमा पहिरा खस्दा उक्त खण्ड अवरुद्ध भएको थियो । पहिरो हटाएर राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । मुग्लिन पोखरा सडकखण्ड विस्तारका लागि काटिएको डाँडाबाट सडकमा पहिरा खस्दा यो खण्ड पानी परेपछि जोखिममा छ ।

वर्षाका कारण सडक हिलाम्य हुँदा थर्पु–खैरेनी खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ । केही ठाउँमा सवारी साधन नै अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ ।

जिल्लाका अन्य ठाउँमा भने हालसम्म सडक पूर्ण रुपमा खुला रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist