२३ फाल्गुन २०८१, शुक्रबार । March 7, 2025

उपत्यकाका नदी तथा खोलामा जलसतह बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न वर्षा मापन केन्द्रमा रातिदेखि नै मध्यम तथा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तरको वर्षाले काठमाडौं उपत्यकाका विभिन्न खोलामा पानीको सहत बढेको छ । ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।

यस्तै, काठमाडौंका बाग्मती, ​धोबिखोलालगायत नदीमा पानीको सतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । निरन्तरको वर्षाका कारण केही हवाई उडानसमेत प्रभावित भएका छन् । वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथलबाट हुने केही आन्तरिक उडान प्रभावित भएका हुन् ।

काठमाडौंबाट लुक्ला, सुर्खेत, भरतपुर, पोखरा, भैरहवा र भोजपुरलगायत ठाउँका विभिन्न उडान डिले भएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडान भने नियमित छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय