३० चैत्र २०८२, सोमबार । April 13, 2026

मनसुन सुरु भएको महिनादिन नपुग्दै विपद्जन्य घटनाबाट ५७ जनाको मृत्यु


२१ असार २०८१, शुक्रबार  

90
Shares

काठमाडौं । यस बर्षको मनसुन सुरु भएको एक महिना पनि पुगेको छैन् ।

गएको जेठ २८ गतेदेखि मात्रै यो बर्षको मन्सुन नेपाल भित्रिएको थियो । त्यसमा पनि देशभर मनसुन फैलिन र मनसुन सक्रिय हुन निकै समय लागेको थियो । तर, झन्डै एक महिनाको दौरानमा मात्रै पनि नेपालमा विपद्जन्य घटनाबाट ५७ जनाले ज्यान गुमाइसकेका छन् । बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंशजस्ता कारणबाट अहिलेसम्म ५७ जनाको मृत्यु भएको हो ।

तीन जना बेपत्ता छन् । विपत का कारण एक सयबढी घाइते भएका छन् भने हजार भन्दा बढी घरपरिवार प्रभावित भएका छन् । मनसुनपछिको विपद्का कारण २० करोड ७३ लाख बराबरको क्षति भइसकेको छ । अबको केही दिन मनसुनी प्रभाव पूर्वदेखि सुदूरपश्चिमसम्म अझ बढ्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मध्य तथा सुदूरपश्चिसम्मको भूभागमा मुसलधारे वर्षा हुने पूर्वानुमान गरेसँगै बाढी पहिरोसहितका विपतको जोखिम थप उच्च बनेको छ । विभागले बिहीबार जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्व र मध्य भूभागमा बढी वर्षा भएको छ ।

अबको केही दिन गण्डकी, कर्णाली र सुदूरपश्चिममा निकै ठुलो वर्षा हुने देखिएको छ । मनसुनको न्यूनचापीय रेखा उत्तरबाट सर्दै नेपालको दक्षिण सीमा आसपास रहेकाले मनसुनको सक्रियता पश्चिमी भेगमा बढ्ने विभागको अनुमान छ ।

विभागले वाढी र पहिरोको जोखिम केही दिन रहने भन्दै उच्च सर्तकता अपनाउन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व