१२ श्रावण २०८३, मंगलबार । July 28, 2026

चितवनमा १ लाख २८ हजार मानिस बाढी र पहिरोको जोखिममा


२० असार २०८१, बिहिबार  

81
Shares

चितवन । जिल्लामा विपद्बाट २५ हजार पाँच सय ८८ परिवार प्रभावित हुने अनुमान गरिएको छ ।

यस वर्ष मनसुनजन्य विपद्बाट एक लाख २८ हजार पाँच सय ६५ जना प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले अनुमान गरेको छ । समितिले तयार पारेको मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लाका सात पालिकामा विभिन्न नदी र खोलाबाट हुने डुबान र कटानको अनुमानित विवरण लिइएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए ।

भुसालको संयोजकत्वमा गठित प्रतिकार्य योजना तयारी समितिले विपद् व्यवस्थापन समितिमा प्रस्तुत गरेको तथ्याङ्कानुसार जिल्लामा सबैभन्दा बढी राप्ती नगरपालिकामा कटान तथा डुबानबाट नौ हजार आठ सय ६० परिवारका ५० हजार नौ सय ५० जना प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा छ हजार छ सय २५ परिवारका ३३ हजार एक सय ७५, माडी नगरपालिकाका चार हजार एक सय ६१ परिवारका १९ हजार सात सय ३०, रत्ननगर नगरपालिकाका दुई हजार तीन सय ८१ परिवारका ११ हजार नौ सय पाँचजना प्रभावित हुने अनुमान गरिएको सहायक प्रजिअ भुसालले बताए ।

इच्छाकामना गाउँपालिकामा मनसुनका कारण एक हजार दुई सय ५६ परिवारका छ हजार दुई सय ८०, कालिका नगरपालिकामा एक हजार पाँच परिवारका पाँच हजार २५ र खैरहनी नगरपालिकाका तीन सय परिवारका एक हजार पाँच सयजना प्रभावित हुने योजनामा जनाइएको छ । बाढीका कारण सबैभन्दा बढी भरतपुर महानगरपालिका प्रभावित हुने भुसालले जानकारी दिए ।

उनका अनुसार बाढीबाट भरतपुर–१६, १७, १८, २७, २८ र २९ तथा माडी–१, २, ३, ६ र ७ प्रभावित हुने देखिएको छ । पहिरोका कारण भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका, डुबानबाट माडी र राप्ती नगरपालिका, खडेरीबाट भरतपुर महानगरपालिका, राप्ती र माडी नगरपालिका, महामारीबाट भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका एवं सुकुम्बासी बस्ती रहेको क्षेत्र, सहरी क्षेत्र र पहाडी क्षेत्र अतिप्रभावित हुने कार्ययोजनामा उल्लेख गरिएको छ ।

जिल्लामा रहेका ठूला नदी नारायणी, राप्ती, रिउसहितका अन्य खोलाबाट ती क्षेत्र प्रभावित हुने अनुमान गरिएको भुसालले जानकारी दिए । उनले भने, “स्थानीय तहको सहकार्यमा मनसुन पूर्वतयारी प्रतिकार्य योजना निर्माण गरिएको छ ।” बाढी, डुबान, नदी कटानलगायत अन्य विपद्पश्चात् उपलब्ध सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट गरिने प्रतिकार्य प्रभावकारी बनाउन, जोखिम कम गर्र्न यो योजना निर्माण गरिएको उनले बताए ।

मनसुनबाट हुने क्षति कम गर्न आवश्यक तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुसालले बताए । उनका अनुसार आवश्यक जनशक्ति नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयलाई तयारी अवस्थामा राखिएको छ ।

क्षति पुग्ने ठाउँको आँकलन गरी त्यसलाई सुरक्षित ठाउँको खोजी गरिएको, खाद्यान्नलगायत अत्यावश्यक वस्तु तयारी अवस्थामा राखिएको जनाउँदै सहायक प्रजिअ भुसालले स्थानीय तहमा रहेको विपद् कोषलाई सक्रिय बनाइराख्न पनि आग्रह गरिएको बताए ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ५ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर