३० चैत्र २०८२, सोमबार । April 13, 2026

सप्तकोशीमा पानीको बहावले खतराको तह नाघ्यो, सावधानी अपनाउन आग्रह


१८ असार २०८१, मंगलबार  

8.7k
Shares

कोशी । देशका धेरै ठाउँमा पानी परिरहेको छ । ठूलो वर्षा भइरहेका धनुषा, कैलाली, सिन्धुपाल्चोक, बर्दीयालगायतका जिल्लाका खोला र नदीमा पानीको बहाव बढेको छ ।

निरन्तरको वर्षाका कारण कोशी नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ । यस्तै सिन्धुली, इलाम, मोरङ, सप्तरी, बारा, कञ्चनपुर, पोखरा आसपासको क्षेत्रमा पनि ठूलो पानी परिरहेकाले यस क्षेत्र भई बहने खोलाको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पछिल्लो १२ घण्टामा धनुषामा सबैभन्दा धेरै एक सय १६ मिलिमिटर वर्षा भएको छ ।

कैलालीमा एक सय १२, सिन्धुपाल्चोकमा ८३ दशमलव ६ र बर्दीयामा ८० दशमलव ६ मिलिमिटर वर्षा भएको छ । मनसुनी वायुको प्रभावका कारण आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा निरन्तरजसो पानी परेको छ । लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा कोशी र मधेस प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा अति वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनी प्रणाली पर्सि बिहीवारसम्म नै सक्रिय हुने र मौसममा सुधार नआउने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

ठूलो पानी पर्ने ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व