२ चैत्र २०८२, सोमबार । March 17, 2026

असार १७ गते सोमबार दिनभर के–के भयो ?

ओलीलाई कांग्रेसको प्रधानमन्त्री अफर ! राष्ट्रिय राजनीतिमा खैलाबैला ! डराएका प्रधानमन्त्री प्रचण्ड ! धमाधम खुल्दै भ्रष्टाचारका फाइल ! बम्जनलाई १० बर्ष कैद…


१७ असार २०८१, सोमबार  

210
Shares

बम्जनलाई १० वर्ष कैद
आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ । जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो । यसअघि न्यायाधीश भण्डारीको इजलासले १० असारमा बम्जनलाई दोषी ठहर गरेको थियो र सजाय निर्धारणका लागि सोमबारका लागि पेशी तोकिएको थियो । बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो ।

ओलीलाई कांग्रेसको प्रधानमन्त्री अफर !
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका छन् । यद्यपि एमाले–कांग्रेस सरकार बन्न–नबन्ने ओलीको निर्णयमा निर्भर हुने नेताहरूको दाबी छ । देउवा र ओलीबीच शनिबार बालकोटमा भेटवार्ता भएको थियो, जसले सत्ता राजनीति निकै तरंगित भएको छ । खासगरी यो भेटपछि सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झस्किएका छन् । सोमबार कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकमा नेताहरूले देउवासँग एमाले अध्यक्षसँग भएको भेटबारे सोधीखोजी गरेका थिए । जसमा देउवाले भेट सकारात्मक भएको बताएका थिए ।

ओलीसँग झस्किएका प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धन लामो समय टिक्ने बताएका छन् । सोमबार मन्त्रिपरिषद बैठकमा उनले गठबन्धनभित्र असमझदारी बढेको भनेर सार्वजनिक भएका समाचारमा सत्यता नभएको बताएका हुन् । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्रीले अहिलेको सहकार्य लामै समय जाने बिफ्रिङ गरेका छन् ।

यो बर्ष प्रधानमन्त्री बन्दिन होलाः ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको आजको बैठकपछि संसद् भवन बाहिर पत्रकारहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो जवाफ दिएका हुन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस–एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।

सत्ता समिकरण फेरबदल हल्ला मात्रैः रवि
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हल्ला मात्रै भएको बताएका छन् । सोमबार नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।

२५ ठुला भ्रष्टाचारका फाइल खुल्दै !
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बिभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन् । ‘कुनै पनि कालखण्डमा भएकामध्‍ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु’ गृहमन्त्री लामिछानेले भने । भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको पजि उनको भनाई थियो ।

बालेनको पक्षमा उभिए ज्ञानेन्द्र
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौं महानगरपालिले काम गर्न नसकेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले काठमाडौं महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरूले फोन गरी कार्यपालिका बैठकमा विरोध प्रदर्शन गर्न लगाएको आरोप लगाएका हुन् । उनले दलहरूको राजनीतिको कारण काठमाडौं महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको बताए पनि आरोप लगाएका छन् ।

बीआरआईबारे कांग्रेसको अडानः ऋण स्वीकार्य छैन
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनिया सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनामा अनुदान मात्र स्वीकार्य हुने अडान लिएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले ऋण लिएर बीआरआई कार्यान्वयन गर्न नसकिने अडान लिएको हो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по