२८ मंसिर २०८२, शनिबार । December 13, 2025

महाकाली नदीमा बगेर एक मजदुर बेपत्ता



कञ्चनपुर । कञ्चनपुरमा महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका हुन् । बेपत्ता गुरुङको खोजी गर्न प्रहरीले गोताखोर टोली परिचालन गरेको छ ।

उनी कम्पनीमै कार्यरत अन्य मजदुरसँग माछा मार्न महाकाली गएका थिए । वर्षाका कारण महाकाली नदीमा पानी बहाव बढेकाले खोजबिन गर्न प्रहरीलाई समस्या भएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले