२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

मौसम पूर्वानुमान

देशभर सक्रिय भयो मनसुन, भारी बर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहने छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहने छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव