२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

धड्कन मुटुको किन बढ्छ ?



काठमाडौं । मानिसको शरिरमा मुटु एउटा एस्तो अंग हो , जुन २४ घण्टा काम गर्छ । यसको काम भनेको शरीरमा रक्त सञ्चार गर्ने हो । सामान्य मानिसमा मुटुको गति ६० देखि १०० प्रति मिनेट हुन्छ । ६० भन्दा कमको मुटुको गतिलाई मेडिकल भाषामा ब्रंडीकार्डिया भनिन्छ । १०० भन्दा बढीको मुटुको चाललाई त्याकिकार्डिया भनिन्छ ।

सामान्य मानिस मुटुको चाल महसुस गर्दैनन् यदी महसुस भयो भनि त्यसलाई पल्पिटेसन भनिन्छ । सबै पल्पिटेसन भएका मानिसलाई मुटु रोगी भन्न मिल्दैन् । कुनै कुनै पल्पिटेसन फिजियोलोजिकल हुन्छन् । मान्छे आत्तिदाँ डराउँदा पनि मुटुको चाल बढ्छ । युवा अवस्थामा प्रेममा पर्दा मुटुको चाल बढ्ने । कति सर्जकले यसलाई लिएर गित पनि कोरेका छन् ।

मुटुको गति बढ्नुका केहि कारण यस प्रकारक छन्…
१. पिएसभिटी जसमा मुटुको चाल १ सय ६० देखि २ सय सम्म हुन सक्छ
२.आत्रिअल फिबरिलसन
३.अत्रिअल फ्लातर
४.थाईरोडको समस्या
५.रगतमा हेमोग्लोबिनको कमि
६.जन्मजात मुटु रोगमा पनि मुटुको धड्कनमा समस्या आउन सक्छ
७. लामो समयको अनियन्त्रित रक्तचाप हुदा मुटु को चाल मा खराबी आउन सक्छ

आफुलाई मुटुको चालमा खराबी भएको नभएको जान्न सामान्य इसिजि गर्न सकिन्छ । २४ घण्टा मुटु को चाल को निगरानी राख्न होल्टर जाच गर्न सकिन्छ । सिबिसी जाच , टिएफटी लगाएतका जाचहरु मुटु रोगका चिकित्सक को निगरानीमा गर्न सकिन्छ ।

मुटुरोग बाट बच्न घरमा आफैले अपनाउन सकिने उपायहरु यस प्रकार छन्…
१. धुम्रपान र मद्यपान बाट टाढा बस्ने
२. फाइबर युक्त खानेकुरा खाने
३.दैनिक व्यायाम, योग र मेडिटेसन गर्ने,
४. तनाब मुक्त जिवन
५. चिया कफीको प्रयोग कम गर्ने
६. नुनको प्रयोग कम गर्ने
७. खराब तेलको प्रयोग नगर्ने
८. शरीरको तौल नियन्त्रणमा राख्ने, मोटोपन आउन नदिने

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ