१९ असार २०८३, शुक्रबार । July 3, 2026

जेठ २९ गते मंगलबार दिनभर के–के भयो ? (भिडियो सहित)

गृहमन्त्री र शिक्षामन्त्रीमाथि गम्भिर आरोप ! पूर्वन्यायाधिश गिरी दोषी ठहर ! अवैद्य अमेरिकाको विगविगी ! मनाङे छैटौँ पटक मन्त्री ! सबैलाई चकित पार्दै यूट्युबर बने सांसद…


२९ जेष्ठ २०८१, मंगलबार  

216
Shares

गण्डकीमा मन्त्रिपरिषद् विस्तार
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार, फ्लोर क्रस गर्ने माओवादी सांसद फणीन्द्र देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी र स्वतन्त्र सांसद दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी ।

मनाङे छैटौँ पटक मन्त्री
गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे छैटौँ पटक मन्त्री बनेका छन् । अघिल्लो ३ पटक खेलकुद मन्त्री बनेका उनी अहिले भने लगातार तेस्रो पटक भौतिक पूर्वाधार विकास मन्त्री बनेका हुन् ।

पूर्वन्यायाधिश गिरी दोषी ठहर
काठमाडौं जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरको छ । न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ बर्ष कैद सजाय सुनाएको हो । जिल्लाले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको छ ।

मेयरविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
सर्लाहीको बागामती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । उनले भरत ताल निर्माण गर्दा ३० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गरेको थियो ।

भारत भ्रमणबारे प्रधानमन्त्रीको जवाफ माग
सत्तारुढ प्रमुख घटक नेकपा एमालेले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले दुई मुलुकबिचको थाँती रहेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गरेको कुराकानी संसद्लाई जानकारी गराउन लागि रुलिङ गर्न सभामुख घिमिरेसँग आग्रह गरेका हुन् ।

सरकारी कार्यालयको हेपाह प्रवृति
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयहरुले सेवाग्राहीको काम गर्न नसक्नुको कारणबारे लिखित रूपमा जवाफ दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले महिला, गरिब नागरिकहरूलाई सरकारी कार्यालयले हेप्ने गरेको उल्लेख गर्दै उनीहरूलाई सेवा दिन नसक्नुको कारणबारे लिखित रूपमा जवाफ दिने व्यवस्था गर्न सरकारलाई सचेत गराए ।

रासायनिक मललाई छैन् प्रयाप्त बजेट
जनमत पार्टीका सांसद अब्दुल खानले कृषि मन्त्रालयले छुट्याएको बजेटमा रासायनिक मलका लागि रकम अपर्याप्त रहेको बताएका छन् । संसदमा बजेटमाथि मन्त्रालयगत छलफलमा उनले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि मलखाद, किटनाशकका लागि छुट्याएको बजेटले नपुग्ने बताएका हुन् । उनले कृषिमा जति राम्रो काम गरे पनि किसानले समयमै मल बिउ पाउन नसकेपछि त्यसको अर्थ नहुने पनि बताए ।

गृहमन्त्रीविरुद्ध खनिए भिम रावल
पूर्वगृहमन्त्री डा. भीम रावलले वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठमाथि गम्भीर आरोप लगाएका छन् । उनले २ वटा राहदानी र विदेशीसँग विवाह गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु स्वागतयोग्य रहेको बताएका हुन् । गृहमन्त्री लामिछानेसँग दुई देशको नागरिकता र राहदानी भएको र पोल्याण्डका पत्रकारसँग विवाह गर्ने शिक्षामन्त्रीलगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर राज्यको उच्च ओदाहमा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले छानबिन गर्नु स्वागतयोग्य भएको उनको प्रतिक्रिया थियो ।

अवैद्य अमेरिका पठाउने गिरोहका व्यक्ति पक्राउ
अवैध रुपमा अमेरिका पठाउने गिरोहका एक व्यक्ति भारतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ठ नगरपालिका–११ का ४६ वर्षीय नारायणकुमार खड्का छन् । उनी अवैध रुपमा अमेरिका पठाउने गिरोहका मुख्य व्यक्ति रहेको दाबी प्रहरीको छ । उनले अमेरिका पठाउने नाममा ४ करोड ३३ लाख ६८ हजार ११२ रुपैयाँ ठगी गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ । जाहेरी आउने क्रम जारी रहेकाले ठगीको रकम अझै बढ्न सक्ने प्रहरीको भनाई छ ।

चोरी आरोपमा ५ जना पक्राउ
चोरीको आरोपमा ललितपुरबाट ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुम्बा गाउँपालिका–४ का ३० वर्षीय सीताराम लकान्द्रे, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ३७ वर्षीय सुजन कुमार सुनुवार, नुवाकोटको सामारी गाउँपालिका–७ का ४० वर्षीय कुमार राना मगर, दोलखाको शैलुङ गाउँपालिका–८ का ४१ वर्षीय बीरबहादुर श्रेष्ठ र सोही ठाउँका ४२ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् । प्रहरीले उनीहरुबाट ७५ ग्राम सुनको मुन्द्रा, विभिन्न आकारको ६ तोला ७० लालको सुन बरामद गरेको छ ।

लेखा अधिकृत क्षेत्रीको मृत्यु
सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा मंगलबार आयोजित सार्वजनिक कार्यक्रममा एक्कासी बेहोस भएका वीरेन्द्रनगर नगरपालिका सुर्खेतका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । ५२ वर्षका उनको मंगलबार बिहान हृदयाघातका कारण मृत्यु भएको कर्णली कर्णाली प्रदेश अस्पतालका चिकित्सक डा. केएन पौडेलले जानकारी दिए ।

यूट्युबर बने सांसद
२४ बर्षीय विश्वचर्चित युट्युब प्र्याङ्कस्टार फिदियास पानायोटो युरोपेली संसदमा निर्वाचित, बने तेस्रो सार्वधिक भोट ल्याउने सांसद्, दलहरुले यसलाई चेतावनीका रुपमा लिनुपर्ने भनाई ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर