५ असार २०८३, शुक्रबार । June 19, 2026

प्रतिनिधिसभा बैठकः चुरे संरक्षणमा सांसदहरुको जोड


२० जेष्ठ २०८१, आइतबार  

3
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले चुरे क्षेत्रको विनाशका कारण खानेपानीको मुहान सुक्दै गएकाले तराईवासीले खानेपानीको चरम अभाव सामना गरिरहेका भन्दै समयमा नै चुरे जोगाउनुपर्नेमा जोड दिएका छन् ।

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको बैठकमा सांसदहरुले तराईको खानेपानीसम्बन्धी समस्या दीर्घकालीनरुपमा समाधान गर्न चुरे बचाउनुपर्नेमा जोड दिएका हुन् । सांसद रामप्रकाश चौधरीले चुरे संरक्षण गरेर यस क्षेत्रका जनतालाई खानेपानीको समस्याबाट मुक्त गराउनुपर्नेमा जोड दिए । “‘चुरे बचाऊ र पानी देऊ’ भनेर २५ दिन पैदल हिँडेर तराईका महिला तथा पुरुष माइतीघर आउनुभएको छ, पानीको माग राखेर धर्नामा बस्नुभएको छ”, उनले भने , “यस विषयमा सरकारको ध्यान आकर्षण भएको छैन ।”

धर्नामा बसेका मानिसको अवस्था दयनीय हुँदै गइरहेको भन्दै सरकारले गम्भीर भएर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए । सांसद मनिष झाले चुरे दोहनका कारण तराईमा पानीको स्रोत सुक्दै गइरहेको भन्दै समयमा नै सचेत रहनका लागि ध्यानाकर्षण गरे । “चुरे दोहनका कारण मधेसमा पानीको स्रोत जमिनमुनि गएको छ र पानीको समस्या बढिरहेको छ”, उनले भने, “संसदीय समिति बनाउने वा नबनाउने भन्ने विषयमा संसद् अवरुद्ध हुँदा जनतामा समस्या सम्बोधन हुन पाएनन् ।”

सांसद डा वीरेन्द्रप्रसाद महतोले मधेसमा पानीको हाहाकार बढेको र यसमा सरकारको ध्यानाकर्षण नभएको भन्दै आपत्ति जनाएका छन् । “शिक्षामा अर्बौं रकम लगानी गरी युवा विदेश गएका छन् । स्वदेशमा विद्यार्थी नपाएर शिक्षक कटौती भएको छ”, उनले भने, “तराईमा मिटरब्याजीको समस्या अझै समाधान छैन । यस्ता समसामयिक विषयमा सरकारको ध्यान जान जरुरी छ ।” सांसद दामोदर पौडेल वैरागीले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा ठूला भौतिक पूर्वाधार क्षेत्रका बजेट कटौती भएको भन्दै यसले आयोजना निर्माण पछाडि धकेलिएको बताए ।

उनले संसद् अवरुद्ध हुँदा आगलागीका भयाबह अवस्था, वन डढेलो, मावन–वन्यजन्तु द्वन्द्वका विषय छायाँमा परेको भन्दै आपत्ति समेत जनाएका छन् । “संसद् अवरुद्ध भएका कारण आगामी आवका लागि तय भएको सरकारको नीति तथा कार्यक्रम माथि देखिएका कमीकमजोरीका विषयमा छलफल हुन पाएन”, सांसद पौडेलले भने ,“छलफल नहुँदा यो विषयमा हामी गम्भीर हुन सकेनौँ ।”

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ३ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा